परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि खुल्यो पूर्व पश्चिम राजमार्ग

हिजो साँझ दाङको देउखुरीमा ट्रकको ठक्करबाट मृत्यु भएका तीन जना युवकका परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि पूर्व पश्चिम राजमार्ग खुलेको छ । अहिले मृत्यु भएका तीन जनाको परिवारलाई तत्काल क्रिया खर्च र क्षतिपुर्ति दिलाउने शर्तमा सहमति भएपछि अबरुद्ध राजमार्ग खुलेको हो ।

स्थानीय जनप्रतिनिधि, प्रहरी प्रशासन, मृतकका आफन्तहरुबीच भएको सहमतिमा उक्त ट्रकको चालकलाई कानुन अनुसार कार्वाही हुनु पर्ने, मृतकका नजिकका आफन्तले कानुन अनुशार पाउनु पर्ने उचित क्षतिपूर्ति दिलाई दिने र उक्त क्षतिपूर्ति दिन आलटाल गरे हदै सम्मको सजाय माग दाबी गर्दै सहमति भएको हो ।

दुई पक्षीय सहमति भएपछि अलिहे सवारी साधन सञ्चालनमा आएका छन् । मृतकको शबलाई पोष्टमाटम गरेर आफन्तलाई बुझाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो। हिजो साँझ देउखुरी स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमझियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगरको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *