बर्दियाका स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट नेपालगन्जमा मृत्यु

फाइल फोटो

मंगलबार बिहान राजापुर बर्दियाका एक कोरोना संक्रमितको नेपालगन्जमा मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष वार्डमा उपचार गराईरहेका राजापुर नगरपालिका ८ बर्दियाका ३२ वर्षिय पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । अस्पताल भर्ना भएकै दिन गरीएको कोरोना परिक्षणमा ति ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि रोगको प्रकृती अनुसार उपचार विधि अपनाईएको थियो । रोगको प्रकृती अनुसार उपचार भईरहेकै समयमा आज बिहान ११ बजे उनको मृत्यु भएको अस्पतालको भनाई उदृध गर्दै बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार मृतक पुरुष निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी समेत हुन ।

मृतकको प्रमुख जिल्ला अधिकारीमार्फत शव ब्यवस्थापनकालागि पहल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *