सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारले निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।बैठकले यसअघि गरेको निर्णय सच्याउँदै सरकारी अस्पतालमा अब कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

यसअघि निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरिएकोमा अब सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

‘अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ, सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निर्णय भएको छ’, ती मन्त्रीले भने ।

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो । फैसला पुनरावेदनका लागि सरकारले दिएको निवेदन समेत खारेज भएपछि सरकारलाई निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *