आठ घण्टाको अन्तरालमा बाँकेमा तिन जनाको मृत्यु

फाइल फोटो

बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको क्रम रोकीएको छैन । जिल्ला भित्र तथा जिल्ला बाहिरबाट उपचारकालागि बाँके आउने कोरोना भाईरसका संक्रमितहरुको हरेक दिनजसो मृत्यु हुने गरेको छ । सोही क्रम अन्तर्गत सोमबार एकैदिन बाँकेका बिभिन्न अस्पतालमा उपचाररत ३ जना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । उनिहरु सबै जिल्ला बाहिरबाट उपचारकालागि बाँके आएका थिए ।
सोमबार राती ९:९ बजे घोराही उपमहानगरपालिका-१५ दाङका ६५ वर्षिय पुरुषको मृत्यु भएको थियो । कात्तिक २३ गते राती ११:५० बजे भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएका ति पुरुषमा २४ गते बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएलगत्तै कोरोना वार्डमा सारेर उपचार चलाईरहेकै अवस्थामा सोही दिन राती उनको मृत्यु भएको जिल्ला (कोभिड-१९) संकट ब्यवस्थापन केन्द्र बाकेले जनाएको छ । उनलाई रोगको प्रकृती अनुसार सबै प्रकारका उपचार पद्धती अपनाईएको केन्द्रले दावी गरेको छ ।

त्यसैगरी हिजो नै कोरोना संक्रमणका कारण बर्दियाको ठाकुरद्धारा नगरपालिका २ का २९ वर्षिय पुरुष र बाँसगढी गरपालिका ८ का ३५ वर्षिय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको थियो । उनिहरु दुबैलाई कोरोना संक्रमण देखिएको थियो । योसँगै बाहिरी जिललाबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको सँख्या ३२ पुगेको छ ।

मृतक सबैलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत उनिहरुकै गृहजिल्लामा शव ब्यवस्थापनकालागि पहल भईरहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *