लाखौंको अवैध सामान बरामद

सशस्त्र प्रहरीले अवैध सामग्री बरामद गरेको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याउँदै गरिएको विभिन्न सामान सोमवार बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अम्मर थारुको नेतृत्वमा गएको टोलीले सोमवार बिहान ३ बजे नेपालगञ्ज वडा नम्बर १५ पिपराहवा गाउँको सिमानाकाको बाटो भएर ल्याउँदै गरेको अवैध सामग्री बरामद गरेको हो ।

३१२ थान वेल्ट, ६५ हजार १ सय रुपैयाँ मुल्य बराबरको ९३ पिस ठुलो साईजको जुत्ता र २९ हजार रुपैयाँ बराबरको ११६ पिस सानो साईजको जुत्ता बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सिमामा गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीलाई देख्नासाथ भारतबाट नेपालगञ्ज ल्याउदै गरेको अवैध सामग्री छोडेर तस्करहरु भारततर्फ भागेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका १ लाख ८७ हजार ७ सय रुपैयाँ मुल्यका अवैध सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *