बाँकेका ३३ जना कोरोना संक्रमणबाट मुक्त

 

आज सोमबार बाँकेका ३३ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन । कात्तिक १४ गतेबाट बिभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका ३३ जना आजबाट संक्रमण मुक्त भएसँगै डिस्चार्ज भएका छन । बाँकेमा कोरोना संक्रमण मुक्त भई हालसम्म ३,०९२ जना डिस्चार्ज भईसकेका छन ।

यसैबिच बाँकेमा आईतबार १९ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाका तिन वटा प्रयोगशालामा गरीएको परिक्षणमा बाँकेका १९ र अन्य जिल्लाका १७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा जिल्ला भित्रका ९ र जिल्ला बाहिरका ३, नेपालगन्ज मेडिकल कलेज कोहलपुर प्रयोगशालामा जिल्ला भित्रका ८ र जिल्ला बाहिरका १३ तथा वागेश्वरी डाईग्नोष्टिक ल्यावको परिक्षणमा जिल्ला भित्रका २ र जिल्ला बाहिरका २ जनामा संक्रमण देखिएको हो ।

आईतबार १९ संक्रमित थपिएसँगै बाँकेमा कोरोना संक्रमतिको सँख्या ३४११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *