हैदरावादलाई १७ रनले हराउँदै दिल्ली आइपिएल २०२० को फाइनलमा

इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई १७ रनले पराजित गर्दै फाइनलमा पुगेको छ। दिल्लीले दिएको १९० रनको लक्ष्य पछाएको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउदै १७२ रन मात्र बनायो।

हैदरावादका लागि केन विलियम्सनले सर्बाधिक ६७ रन बनाए। त्यस्तै अब्दुल सामादले ३३ रनको योगदान दिए भने मनिष पाण्डेले २१ रन बनाए। दिल्लीका बलर कागीसो रबाडाले ४ विकेट लिए भने मार्कोस स्टोइनिसले ३ विकेट लिए।

यसअघि दिल्ली क्यापिटल्सले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै १८९ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले ७८ रन बनाए भने शिमरन हेटमेयरले अविजित ४२ रन बनाए। त्यस्तै मार्कोस स्टोइनिसले ३८ रनको योगदान दिए भने कप्तान श्रेयस अय्यरले २१ रन बनाए।

त्यस्तै सनराइजर्स हैदरावादका बलर सन्दीप शर्मा, जासन होल्डर र राशिद खानले एक एक विकेट लिएका थिए। यो जितपछि दिल्ली क्यापिटल्स यस सिजनको आइपिएलको फाइनलमा पुगेको छ। दिल्ली फाइनलमा पहिलो पटक पुगेको हो।

अब दिल्लीले फाइनलमा मंगलबार मुम्बई इण्डियन्ससँग उपाधिका लागि खेल्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *