नेपालमा थप दुई हजार ८१७ जनामा कोरोना पुष्टि

नेपालमा कोरोना भाइरसका दुई हजार ८१७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८१७ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ८१७ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ९४ हजार ४५३ पुगेको छ । हाल ३५ हजार ४१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५७ हजार ९२६ जना निको भएर घर फर्केका छन् ।  यो सगैँ पछिल्लो २४  घण्टामा २१ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *