नेपाल र भारतको सिमा नाकामा ठुलो मात्रामा अबैध सामग्री बरामद

नेपाल र भारतको सिमा नाका क्षेत्रबाट शसस्त्र प्रहरी बल (बिओपी) ले ठुलो मात्रामा अबैध सामग्री बरामद गरेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १५ को टंकपसारी गाँउबाट प्रहरीले १ लाख १७ हजार मुल्य बराबरको अबैध सामग्री नियन्त्रणमा लिएको हो ।

शसस्त्र प्रहरी बल (बिओपी) जमुनाहा भन्सार अन्तर्गत आईडि नं. ३२७३ का शसस्त्र प्रहरी निरिक्षक जिवन बुढाको कमाण्डमा खटीएको प्रहरी टोलीले कस्मेटिक सामग्री, मिक्चर, पान, बिडी तथा हार्डवेयरका सामग्री बरामद गरेको हो ।

बरामद गरीएको सामग्रीहरु आवश्यक कारवाहीकालागि भन्सार कार्यालय नेपालगन्जमा पठाईएको शसस्त्र प्रहरी बल (बिओपी) जमुनाहा भन्सारका सहायक निरिक्षक सन्तोष कुमार शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *