गरिबकालागि बैजनाथ गाउँपालिकामा काेभिड अस्पताल

 

बाँकेको बैजनाथ गाउँपालिकाले गरीब तथा विपन्न परिवारको उपचारकालागि कोभिड १९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । गाँउपालिकाले संचालनमा ल्याएको २० शैयाको कोभिड १९ अस्पताको आतबार एक कार्यक्रमका बिच उद्घाटन गरीएको छ ।

अस्पतालको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुको कोरोना उपचारकालागि अस्थायी रुपमा अस्पताल संचालनमा ल्याएको बताउनु भयाे । रुचालले कोभिडको संक्रमणलाई फैलन नदिनुका साथै यसबाट संक्रमितहरुको उपचारकालागि संचालनमा ल्याईएको अस्पतालले न्यून आय आर्जन भएका नागरिकहरुलाई राहत हुने विश्वास ब्यक्त गर्नु भयो । उद्घाटनमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विकले प्रारम्भिक चरणमा गाउँपालिकाले गर्न सक्ने आफ्नो क्षमता अनुसारको कोभिड अस्पताल संचालनमा ल्याईएको बताउनु भयो ।

कोभिड १९ अस्पता उद्घाटन कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहीले हाल अक्सिजन सुबिधा सहतिको ५ शैया र अन्य सामान्य उपचारकालागि १५ शैयाको ब्यवस्था मिलाईएको बताउनु भयाे । कोरोना संक्रमण पुष्टि भएका बिरामीहरुलाई उनिहरुको स्वास्थ्य अवस्था अनुसार प्रारम्भीक चरणको स्वास्थ्य सेवा प्रदान गरीने शाहीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *