भेरी अस्पतालको परिक्षणमा थप १२ जनामा कोरोना पुष्टि

भेरी अस्पताल नेपालगन्जले पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना पुष्टिभएको छ । भेरी अस्पतालका अनुसार बाँके, बर्दिया र दाङका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये सबैभन्दा धेरै बाँकेका ८ तथा बर्दिया र दाङका समान २/२ जना रहेका छन । भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा ६२ जनाको नमुना परिक्षण गरिएको थियो । परिक्षण गरीएका नमुनामध्ये ५ महिला र ७ पुरुषमा संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *