बाँकेका २ वर्षिय बालिकादेखी ८७ वर्षिय बृद्धसम्मका थप ३७ जना कोरोना संक्रमणमुक्त हुँदै

कोरोना संक्रमणमुक्त हुँदै बाँकेका ३७ जना डिस्चार्ज भएका छन । जिल्ला (कोभिड-१९) संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमण देखिएपछि कात्तिक १३ गते विभिन्न ९ संस्थागत तथा निजि आईसोलेशनमा बस्दै आएका ३७ जना आजबाट डिस्चार्ज भएका हुन ।

डिस्चार्ज हुनेमा १२ वर्षिय बालिकादेखी ८७ वर्षिय बृद्धसम्म रहेका बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रृष्ठका अनुसार डिस्चार्ज भएका सबैलाई आजै घर पठाउने तयारी गरीइएको छ ।

आज डिस्चार्ज भएका ३७ जनासँगै बाँकेबाट हालसम्म ३०५९ जना डिस्चार्ज भईसकेका छन भने अझैं २९८ जना विभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *