बाँकेमा संक्रमण जितेर डिस्चार्ज हुनेहरुको संख्या ३ हजार २२

बाँकेमा शनिवार ३५ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १९ पुरुष र १६ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार २२ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

हालसम्म ३ हजार ३ सय ३६ जनामा संक्रमण देखिएको छ भने कोरोनाबाट निको हुने दर ९० दशमलव ५९ प्रतिशत रहेको छ ।

अब आइसोलेशनमा बाँकेका २ सय ७९ र अन्य जिल्लाका २३ गरी ३ सय २ जना छन् । कोरोनाका कारण बाँकेमा ३५ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *