बाँकेमा पछिल्लो १७ घण्टामा पाँच संक्रमितको मृत्यु

फाइल फोटो

बाँकेमा कोरोना संक्रमणका कारण ज्यान मुमाउनेको सँख्या बढ्न थालेको छ । विशेष गरी बाहिरी जिल्लाबाट उपचारलागि बाँके आउने संक्रमितहरुको मृत्युदर बढेको जिल्ला (कोभिड-१९)संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार शुक्रबार दिउँसो २ बजेदेखी शनिबार बिहान ६ बजेजम्म बाँके, कैलाली र दाङका ५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन । बाँकेका विभिन्न अस्पतालमा उपचार गराईरहेका ति ब्यक्तिको कोरोना संक्रमणकै कारण ज्यान गएको केन्द्रले दावी गरेको छ ।
शुक्रबार दिउँसो तुल्सीपुर उपमहानगरपालिका १० दाङकी २० वर्षिय सुत्केरी महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो । सुत्केरी भएलगत्तै कोरोना संक्रमण देखिएकी ति महिलाको संक्रमण देखिएको चार दिनपछि उपचारकै क्रममा शुक्रबार दिनको ३:२० बजे मृत्यु भएके केन्द्रले जनाएको छ ।

त्यसअघि शुक्रबार नै कोरोना भाईरस संक्रमण देखिएकी टिकापुर नगरपालिका १ कैलालीकी ५६ वर्षिय महिलाको मेडिकल कलेज नेपालगन्जमा मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक २० गते उपचारकालागि मेडिकल कलेज नेपालगन्जमा भर्ना गरीएकी ति महिलाको शुक्रबार दिउँसो २:४५ बजे मृत्यु भएको हो ।
यसैबिच शुक्रबार बेलुका दाङ र बाँकेको राप्तीसोनारीका २ पुरुषको ज्यान गएको थियो । तुल्सीपुर उपमहानगरपालिका ५ का ७३ वर्षिय पुरुष र बाँकेको राप्तीसोनारी गाँउपालिका ८ का ४८ वर्षिय पुरुषको ८० मिनेटको फरकमा ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दाङका ७३ वर्षिय पुरुषलाई कात्तिक १३ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरको कोरोना वार्डमा भर्ना गरीएको थियो । भर्ना भएको ८ दिनपछि उनको शुक्रबार बेलुका ६:४० बजे मृत्यु भएको थियो । त्यसअघि ५:२० मा राप्तीसोनारीका पुरुषको मृत्यु भएको थियो। उनलाई कात्तिक २ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरीएको थियो । भर्ना भएको १९ दिनपछि उपचारकै क्रममा निधन भएको कोरोना फोकल पर्सन श्रेष्ठले जनाए।

यसैबिच आज घोराही उपमाहानगरपालिका-१५ दाङका ५९ वर्षिय पुरुषको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा श्वाव दिएका उनको कात्तिक ६ गते पीसीआर रिर्पोट पोजेटिभ आएको थियो ।

कात्तिक ७ गतेदेखि कात्तिक २० गतेसम्म दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार सुरु गरिएको तर स्वास्थ्यमा सुधार नआउँदा कात्तिक २० गते उनलाई थप उपचारका लागि भेरी अस्पताल नेपालगन्ज ल्याईएको थियो ।

कात्तिक २० गते साझँ ८ बजेपछि भेरी अस्पतालमा उपचार सुरुगरिएपनि स्वास्थ्या सुधार नआउँदा कात्तिक २२ गते शनिवार विहान ५:२५ बजे उनको मृत्यु भएको अस्पताललाई उदृध गर्दै श्रेष्ठले जानकारी दिए ।

श्रेठले रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार चलिरहेकै अवस्थामा उनिहरुको मृत्यु भएको जनाएका छन ।

योसँगै बाँकेमा बाहिर जिल्लाबाट आई उपचारका क्रममा ज्यान गुमाउनेहरुको संख्या २७ पुगेको छ भने जिल्लाभिका ३५ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *