नेपालमा थप दुई हजार ९०९ कोरोना सङ्क्रमण

नेपालमा कोरोनाभाइरसका दुई हजार ९०९ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएर घर फर्केका छन् ।

मन्त्रालयले दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा देशभरि दुई हजार ९०९ जना सङ्क्रमित थपिएको जनाएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित संख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । हाल ३४ हजार ९०५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा चार हजार पाँच सय सङ्क्रमित निको भएसँगै हालसम्म एक लाख ५२ हजार ९०८ जना निको भएर घर फर्केका छन् । यो सँगै १८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *