बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं। १० की २० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा शुक्रवार दिउँसो मृत्यु भएको हो ।

प्रसुति सेवाका लागि गत १६ गते अस्पतालमा भर्ना भई १८ गते डेलिभरी भएपछि उनको स्वास्थ्यमा समस्या आएपश्चात् कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि आसोलेशन वार्डमा भर्ना गरि रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गर्दासमेत उनको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *