भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ३७३१६ जनाको नमुना परिक्षण

 

बाँकेमा शुक्रबार थप १३ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जद्धारा दिउँसो २:१५ बजे जारी गरीएको विवरण अनुसार बाँकेका १३ सहित ३६ संक्रमित थपिएका हुन ।

मा पछिल्लो २४ घण्टामा १३० जनाको स्वाव परिक्षण गरीएको थियो । जसमध्ये बाँकेका १३, बर्दियाका १४, दैलेखका ३, दाङका २ तथा जुम्ला, रोल्पा र कैलालीका १र१ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा हालसम्म ३७३१६ जनाको नमुना परिक्षण गरीएकोमा शुक्रबारसम्म ३८३० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *