बाँकेमा कोरोनाबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ८७

बाँकेमा शुक्रवार ८ जना मात्र कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका ८ जना पुरुष कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ८७ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

कोरोनाबाट निको हुने दर ९० दशमलव १६ प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका २ सय ९२ र अन्य जिल्लाका १८ गरी ३ सय १० जना छन् । कोरोनाका कारण बाँकेमा ३४ जनाको मृत्युु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *