कैलालीमा कोरोना संक्रमणका कारण जनप्रतिनिधिको निधन

कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो। कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए।

६३ वर्षीय शाहको शुक्रबार विहान ६;२५ मा  मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ। शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *