नेपालमा थप तीन हजार ५१ जना कोरोना सङ्क्रमित

नेपालमा कोरोना भाइरसका तीन हजार ५१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा जनामा सङ्क्रमण तीन हजार ५१ जना जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ८५ हजार ९७४ पुगेको छ । हाल ३६ हजार ५१४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४८ हजार ४०८ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार ५२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *