बाँकेमा ३० जना कोरोनाका सिकिस्त विरामीको उपचार हुदै

बाँकेमा कोरोनाका सिकिस्त विरामीको संख्या बढ्दै गएको छ । अहिले ३० जना सिकिस्त विरामीको जिल्लाका दुई वटा अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्जमा १८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा १२ जना गम्भीर प्रकृतिका विरामीको उपचार भइरहेको छ । त्यस्तै दुवै अस्पतालमा ५० जना मध्यम र २१ जना सामान्य अवस्थाका विरामीको उपचार भइरहेको छ ।

यसैगरी जिल्लाका विभिन्न पालिकाहरुमा १ सय ९१ जना होम आइसोलेसनमा बसिरहेका छन् । बाँकेका हालसम्म ३ हजार २ सय ८७ जना संक्रमित हुँदा २ हजार ९ सय ७९ जना निको भएका छन् । ३४ जनाको भने मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *