प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई बाहिरको हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। उनले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरूलाई हल्लाको पछि नलागी ढुक्कसँग काममा लाग्न आग्रह गरेका हुन्।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवादलाई संकेत गर्दै देश गम्भीर संकटमा जानसक्ने बताएको स्रोतको दाबी छ। त्यसो त प्रधानमन्त्री ओलीले बुधबारको एक सार्वजनिक कार्यक्रममा बाहिर विभिन्न खालका तयारी भइरहेको भए पनि आफूले प्रधानमन्त्री पदबाट देशको लागि भए पनि राजीनामा नदिने बताएका थिए।
पार्टीभित्रको आन्तरिक कलहको कारणले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दूरी बढिरहेको बेलामा प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन्। पार्टीभित्रको आन्तरिक विवादको कारणले पार्टी विभाजनको डिलमै पुगिसकेको अवस्था छ।
‘अहिले जतिले सरकारको आलोचना गरिरहेका छन्। उनीहरू देशलाई अस्थिरतातर्फ धकेल्न चाहनेहरू हुन्, उनीहरूलाई त्यस्तै आदत छ,’ प्रधानमन्त्री ओलीले बुधबार भनेका थिए, ‘बाहिर के तयारी भइरहेको छ भन्ने कुरा होइन। त्यसबारेमा मलाई थाहा छैन। बाहिरी हल्ला हल्लामै सीमित हुन्छन्, हुनेवाला केही छैन।