कोहलपुरमा विङ्गर गाडीले मोटरसाईकललाई ठक्कर दिएर चालक फरार

 

बाँकेको कोहलपुरमा बिहिबार दिउँसो यात्रुबाहक विङ्गर गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ ।कोहलपुर नगरपालिका ११, शितभण्डार नजिकै भे१ज १०६१ नम्बरको विङ्गर भ्यानले भे४प ८८४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना घाईते भएका छन ।

दिउँसो करीब सवा १२ बजेको समयमा पश्चिम जाँदै गरेको विङ्गर भ्यानले मोटरसाईकललाई ठक्कर दिएको थियो । भ्यानको ठक्करबाट अनियन्त्रित भएको मोटरसाईकलसँगै सडकमा गुडीरहेको साईकलमा समेत क्षती पुगेको छ ।दुर्घटनामा मोटरसाईकलमा सवार दुई जना गम्भीर घाईते भएका छन भने साईकल चालक सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

दुर्घटना लगत्तै घाईतेको उद्धार गरी उपचारकालागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगिएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै विङ्गर भ्यानका चालक फरार भएको स्थानिय प्रत्यक्षदर्शीले जनाएका छन । यद्यपी प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरीएको र चालकसँग सम्पर्क गर्ने प्रयास भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *