निर्वाचनमा शिक्षा क्षेत्रमा गरिएका बाचा पुरा हुनेछन्ः अध्यक्ष यादव


जानकी गाउँपालिका अध्यक्ष राम निवास यादवले क्षिक्षा क्षेत्रमा निर्वाचनमा गरेका बाचा पुरा हुँनै लागेको बताउनु भएको छ । अध्यक्ष यादवले गाउँपालिकाको वडा नं. १ मा शिवपुरी माध्यामिक विद्यालयको दुई कोठे भवनको बुधबार उद्दघाटन गर्दै सो कुरा बताउनु भएको हो ।

गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा वडा नंं. १, ३ र ५ मा दुई कोठे भवन निर्माण भएका छन् । अध्यक्ष यादवले गाउँपालिका भित्रका सबै वडामा माध्यामिक तहको अध्ययन गर्नका लागि भौतिक पूर्वाधार र शिक्षण सहयोगका लागि आवश्यक सहयोग गरिएको बताउनु भएको छ । गाउँपालिकाले शिवपुरी माध्यामिक विद्यालयको दुई कोठे भवन निर्माणका लागि १४ लाख ५० लाख आर्थिक सहयोग गरेको थियो । अध्यक्ष यादवले शिवपुरी माध्यामिक विद्यालयलाई कक्षा १० मात्रै हैन कक्षा १२ सम्म संचालनका लागि स्थानीयबासीको मागका आधारमा गाउँपालिका सहयोग गर्न तयार रहेको बताउनु भयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले यस वर्ष पनि शिवपुरी माध्यामिक विद्यालयको पर्खाल निर्माणका लागि ५ लाख सहयोग गरिएको र आवश्यकताका आधारमा अन्य सहयोग पनि गर्न सकिने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत रानाले भौतिक पूर्वाधार निर्माणमासँगै शैक्षिक गुस्तरपनि सोही अनुसारको बृद्धि गराउन विद्यालय परिवारलाई अनुरोध गर्नु भयो ।

नेकपाका नेता तथा शिवपुरी माध्यामिक विद्यालयका व्यवस्थापन समिति पूर्व अध्यक्ष इन्द्रबहादुर थापाले आफ्ना पूर्वजले २०३० सालमा स्थापना गरेको विद्यालय माध्यामिक तहसम्म हुँदा आफु सुसी भएको बताउनु भयो । नेकपाका जानकी गाउँपालिका इन्चार्ज डिल्ली बि.सी. आफ्नो पार्टी नेकपाको नेतृत्व रहेको स्थानीय सरकारले निर्वाचनमा गरेका बाचा पुरा गर्दै गरेकोमा जनप्रतिनिधिहरुलाई धन्यवाद दिनु भयो । उहाँले पालिका भित्रका सबै नागरिक उच्चशिक्षा पालिका भित्र आर्जन गर्ने नीति पार्टीले लिएको बताउनु भयो । अध्यक्ष यावदको नेतृत्वको गाउँपालिकाले शिक्षा क्षेत्रमा देखिने गरी गरेको परिर्वतनमा पार्टीका सबै नेता कार्यकर्ताको सहयोग रहने बताउनु भयो ।

विद्यालय प्रधानाध्यापक द्रोण थापाले भवन निर्माणका लागि भएको लागत खर्च, प्रक्रिया सहित विद्यालयको आगमी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । गाउँपालिका स्तरीय शिक्षक महासंघका अध्यक्ष समेत रहनु भएका थापाले जानकी गाउँपालिकाका ६ वटा वडामध्ये वडा नं. २, ४ र ६ मा मात्रै कक्षा १० सम्मको अध्ययन अध्यापन हुँदै आएकोमा यस वर्ष देखि वडा नंं. १, ३ र ५ मा दुई कोठे भवन निर्माण गरी आधारभुत विद्यालयलाई स्तरबृद्धि गरी कक्षा ९ संचालनमा ल्याइने बताउनु भयो ।

कार्यक्रममा राप्रपाका नेता श्याम थापा, गाउँपालिका शिक्षा शाखा प्रमुख, कार्यपालिका सदस्य राजकुमार धोवी, गाउँपालिकाका प्रवक्ता टीकाराम सुनार र विद्यालयका अभिभावक, शिक्षकको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *