भेरी अस्पतालको परिक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।जसमध्ये १८ जना बाँकेका रहेका छन भने बाँकी १९ जना बर्दिया, दाङ, सल्यान, सुर्खेत, नवलपसारी र कैलालीका रहेका छन । आज थपिएका संक्रमितहरु ४ देखी ६० वर्ष उमेर समुहका रहेको भेरी अस्पताल स्रोतले जनाएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालमा १६० जनाको नमुना परिक्षण गरिएको थियो । जसमध्ये १८ महिला र १९ पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *