बाँकेबाट ५ महिला र ८ पुरुष संक्रमणमुक्त भई डिस्चार्ज हुँदै

 

बुधबार बाँकेबाट ५ महिला र ८ पुरुष  १३ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज हुँदैछन ।

जिल्ला (कोभिड-१९) संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोनालाई परास्त गरेका ५ महिला र ८ पुरुषलाई आज डिस्चार्ज गरिदैं छ । कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक ७ गते उनिहरुलाई विभिन्न आईसोलेशन सेन्टरमा भर्ना गरीएको थियो ।

आईसोलेशनमा राखिएपछि उनिहरुमा कोरोनाको कुनै लक्षण नदेखीएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्जार्च गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बुधबारसम्म बाँकेबाट २९७३ जना कोरोना संक्रमित पूर्ण रुपमा स्वस्थ हुँदै डिस्चार्ज भईसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *