कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिए

नेपालमा कोरोना भाइरसका तीन हजार ११४ जना सङ्क्रमित थपिएका छन। पछिल्लो चौबीस घण्टामा जनामा सङ्क्रमण तीन हजार ११४ जना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार १६६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७९ हजार ६१४ पुगेको छ । हाल ३७ हजार ४७६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १४२ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख ४१ हजार १३४ सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २० जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या एकहजार चार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *