
जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार उक्त महिलालाई सोमबार बेलुका मेडिकल कलेजको कोरोना विशेष वार्डमा भर्ना गरीएको थियो । रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार चलिरहेकै अवस्थामा उक्त महिलाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको पहलमा मृतकको शवलाई निजकै गृहजिल्लामा ब्यवस्थापन गर्ने तयारी भईरहेको श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार जिल्ला बाहिरबाट उपचारकालागि बाँके आएर ज्यान गुमाउने संक्रमितको सँख्या २३ पुगेको छ भने जिल्लाभित्रका ३४ जनाले कोरोना संक्रमणकै कारण यसअघि नै ज्यान गुमाईसकेका छन ।