लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

बाँके प्रहरीले लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको जनाएको छ । सोमबार दिउँसो पौने १ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १३ मा रहेको किसान ईट्टाभट्टा नजिकबाट २२ ग्राम ब्राउन सुगर सहित नेपाली तथा भारतीय ४ युवालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक बम बहादुर रावल र लागु औषध नियन्त्रण ब्युरो नेपालगंजका प्रहरी नायव निरिक्षक प्रेम बहादुर अधिकारीको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिशेष सुराकीको आधारमा खानतलासी गर्दा उनिहरुको साथबाट ब्राउन सुगर बरामद गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बहराईज रुपैडिहा थाना बस्ने वर्ष १८ को जुगिन्दर सोनी, सोही ठाँउ बस्ने वर्ष २९ को राकेश सोनी, बाँकेको खजुरा गाँउपालिका १ बस्ने वर्ष १९ को विष्णु थापा क्षेत्री र नेपालगंज उपमहानगरपालिका २ घरबारी बस्ने वर्ष २५ को सागर थापा रहेका छन । प्रहरीले सोनीको साथबाट २० पुरिया (२० ग्राम) ब्राउन सुगर र क्षेत्री तथा थापाको साथबाट २ पुरिया (२ग्राम) ब्राउन सुगर बरामद गरेको जनाएको छ । पक्राउ परेका चारै जना बिरुद्ध थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *