बाँकेमा कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ६०

बाँकेमा मंगलवार ३२ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २१ पुरुष र ११ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ९ सय ६० पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो ।अब आइसोलेशनमा २ सय १८ जना छन् । बाँकेमा हालसम्म ३ हजार २ सय १२ जनामा कोरोना पुष्टि भएको छ भने ३४ जनाको मृत्युु भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *