भेरी अस्पतालको परिक्षणमा थप ५३ जनामा कोरोना पुष्टि

नेपालगन्ज भेरी अस्पतालको ल्यावमा गरीएको परिक्षणमा थप ५३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालद्धारा सोमबार दिउँसो ३:४५ बजे जारी गरीएको विवरण अनुसार बिभिन्न जिल्लाका ५३ जनामा कोरोना भाईरस संक्रमण देखिएको हो ।

अस्पताल स्रोतका अनुसार थपिएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि २८ जना बाँकेका रहेका छन भने २० जना बर्दियाका रहेका छन । त्यसैगरी दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाबाट संकलन गरीएको नमुनामा समेत कोरोना संक्रमण देखिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।

पछिल्लो २४ घण्टामा अस्पतालको ल्यावमा २१५ जनाको स्वाव परिक्षण गरीएको थियो । जसमध्ये बाँके, बर्दिया, दाङ, महोत्तरी, अछाम, रुकुम र डोल्पाका ५३ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म भेरी अस्पतालको ल्यावमा ५६ हजार ५१४ जनाको नमुना परिक्षण गरीएकोमा यस अवधिमा ३ हजार ६५४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भईसकेको अस्पतालद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *