बाँकेमा थप ६७ वर्षिय बृद्धाको कोरोनाका कारण मृत्यु

नोवेल कोरोना भाईरस (कोभिड-१९)को संक्रमण देखिएकी थप एक महिलाको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलकी ६७ वर्षिय महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोरोना विशेष वार्डमा भर्ना गरीएकी ति बृद्धाको आज बिहान १०ः३० बजे मुत्यु भएको हो । उपचारको क्रममा उहाँको रोगको प्रकृति अनुसार एन्टिबायोटिक, अक्सिजन लगायत सबै प्रकारको आवश्यक सपोर्टिभ उपचार गरिएको र उपचारकै क्रममा सोमबार बिहान १०ः३० बजे उहाँको मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो ।

योसँगै बाँकेमा उपचारका क्रममा पछिल्लो ३ दिनमा मात्रै ८ जना संक्रमितको ज्यान गएको छ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोनाको उपचार गराउन बाँके आएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *