बाँकेमा आइतबार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार बाँकेका विभिन्न स्थानका ९ महिला र १२ पुरुष गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जना गरी २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार १६८ पुगेको छ ।संक्रमितमध्ये ३२ जनाको ज्यान गइसकेको छ भने, २ हजार ८८६ जना निको भएर डिस्चार्ज भइसकेका छन । जिल्लामा सक्रिय संक्रमितको संख्या २५३ पुगेको छ ।