नेपालमा हाल ३७ हजार ७६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय

नेपालमा कोरोनाभाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ७३ हजार ५६७ पुगेको छ । हाल ३७ हजार ७६५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार २६४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ ।

हालसम्म एक लाख ३४ हजार ८४२ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा २३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *