कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बाँकेमा २ हजार ८८४

आइतबार बाँकेबाट ३ बर्षिय एक बालकासहित थप ६० जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज हुँदैछन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार आइतबार कोहलपुर – ४ का ३ बर्षिय एक बालकासहित बाँकेका २४ महिला र ३६ पुरुष गरी ६० जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन । उनिहरुलाई कात्तिक ६ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ८८४ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा २३२ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार १४७ रहेको छ भने ३१ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *