प्युठानका ५५ बर्षिय कोरोना संक्रमित पुरुषको उपचार गर्ने क्रममा मृत्यु

 

                                                                                           फाइल फोटो

प्युठानमा थप एक कोरोना संक्रमित पुरुषको उपचारको क्रममा चितवनमा मृत्यु भएको छ ।

माण्डवी गाउँपालिका वडा नम्बर ३ का ५५ बर्षिय कोरोना संक्रमित एक पुरुषको चितवनको पुरानो मेडिकल कलेजमा आसियुमा राखेर उपचार गर्ने क्रममा शनिबार बिहान ४.५५ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार मृतक व्यक्ति मृगौला सम्बन्धि रोग र कडा निमोनियाबाट ग्रसित रोगी हुनुहुन्थ्यो । उक्त रोगको उपचार गराउन गएर अस्पतालमा भर्ना भएको उहाँको स्वाब परिक्षण गर्दा अस्पतालमै कोरोना पुष्टि भएको थियो ।

यो सङ्गै कोभिड.१९ का कारण ज्यान गुमाउनेको संख्या प्युठानमा ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *