भेरी अस्पताल प्रयोगशालामा हालसम्म ४६ हजार १ सय ११ जनाको कोरोना परिक्षण

शुक्रबार भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षण्मा ३० नयाँ संक्रमित थपिएका छन ।

दशैंको अवसरमा केही दिनयता भेरीमा कोरोना परिक्षण भएको थिएन । आज भएको परिक्षणमा बाँकेका १७ सहित बिभिन्न जिल्लाका ३० जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।अस्पतालले आज दिउँसो १ ३५ बजे जारी गरेको विवरण अनुसार १२१ जनाको स्वाव परिक्षण गरीएकोमा ३० जनामा संक्रमण देखिएको हो ।

भेरीको प्रयोगशालामा हालसम्म ४६ हजार १ सय ११ जनाको कोरोना परिक्षण गरीएकोमा ३ हजार ५३८ जनामा संक्रमण पुष्टि भएको विवरणमा उल्लेख गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *