मोहम्मद डे मनाउदै नेपालगन्ज लगायत बिश्वभरका मुसलमानले

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती (मोहम्मद डे) को अवसरमा बाँकेका इस्लाम धर्मावलम्बीले नेपालगञ्जमा उत्सव मनाउदै छन् ।जिल्लाका विभिन्न स्थानबाट नेपालगञ्जमा जम्मा भएका इस्लाम धर्मावलम्बीले शुक्रवार बिहानैदेखि बाजागाजा र झण्डासहित नेपालगञ्ज नगरको परिक्रमा गर्न सुरु गरेका छन् ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम नेपालगञ्ज उपमहानगरपालिका बडा नं ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताउनु भयो ।

उहाँका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाउदै छन् ।

‘हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो’– वडा अध्यक्ष बेहनाले भने – ‘उनको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।’

शुक्रबार बिहानैदेखि शुरु भएको र्‍याली दिनभर चल्ने बाँकेका मुसलमान अगुवा एंव नेकपाका केन्द्रित सदस्य मोहम्मद हारुनले बताउनु भयो ।र्‍यालीमा बालबालिकादेखि ज्येष्ठ नागरिक समेतको सहभागिता रहेको छ । र्‍यालीले गर्दा शुक्रबार नेपालगञ्जका अधिकांश सडकमा आवागमन अवरुद्ध भएको थियो ।मुसलमान समुदायको मोहम्मद डे उत्सव र्‍यालीलाई व्यवस्थापन गर्न शहरमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताउनु भयो ।

यहाँका मुसलमान समुदायले मोहमम्द डे का अवसरमा केन्द्रीय तथा प्रदेश ५ सरकारले सार्वजनिक बिदा नदिएको गुनासो गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाले मात्र मोहम्मद डे को अवसरमा सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *