बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ७७ पुग्यो

बाँकेमा शुक्रबार ६ बर्षिय एक बालकासहित थप ७४ जना संक्रमित कोरोना मुक्त भइ घर फिर्ता हुनु भएको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शुक्रबार नेपालगन्ज २ का ६ बर्षिय एक बालकासहित बाँकेका २६ महिला र ४८ पुरुष गरी ७४ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुनु भएको छ । उनिहरुलाई कात्तिक ४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७८६ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा २६१ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *