२९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडे पक्राउ

बाँके प्रहरीले गएराती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको एक निजी घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी सामाजिक संजाल फेसबुक मार्फत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बाँकेका व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ ।

पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाएर कारवाही अघि बढाइने प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनु भएकाे छ । सामूहिक रुपमा ठूलो धनराशी बाजी राखेर हारजित हुने गरी जुवातास खेलिरहेको सूचनाका आधारमा  पक्राउ गरिएको उहाँले जानकारी दिनु भयाे ।

चाडपर्वको समयमा हुन सक्ने सम्भावित अपराधलाई निस्तेज तथा न्यूनीकरण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजनासहित अगाडि बढेको बाँके प्रहरीले जुवातास नियन्त्रण तथा न्यूनीकरण गर्नका लागि चालेको यो पहिलो ठुलो कारवाही हो । पक्राउ पर्नेकाे नाम ठेगाना बाँके प्रहरीले Dpo Banke फेसबुकमा उल्लेख गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *