बाँकेमा थप १८ जना संक्रमित कोरोना मुक्त भइ घर फिर्ता

बाँकेमा बुधबार थप १८ जना संक्रमित कोरोना मुक्त भइ घर फिर्ता भएका छन् ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बुधबार बाँकेका ६ महिला र १२ पुरुष गरी १८ जना संक्रमित कोरोना मुक्त भई घर फिर्ता भएका छन् ।उनिहरुलाई कात्तिक २ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ६७८ पुगेको छ ।

विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका ११ सहित ३०७ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ४ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *