प्रजिअ कुरुम्बाङलाई कोरोना सङ्क्रमण

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा प्रजिअ कुरुम्बाङलाई मंगलबार कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनु भयो । प्रजिअ कुरुम्वाङ जिल्ला प्रशासन कार्यालयमा रहेको निवासमै आइसोलेशन बसेको श्रेष्ठले बताउनु भयो ।

बाँके सरुवा भएर आएदेखि नै कुरुम्बाङ कोरोना रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएर कोरोना विरुद्धको अभियानमा लड्दै आउनु भएको हो ।प्रजिअ कुरुम्वाङले आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा रहेका सबैलाई बिशेष सावधानी अपनाउन अनुरोध गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *