नेपालमा दुई महिना यताकै सबैभन्दा कम कोरोना भाइरस सङ्क्रमितको पुष्टि

नेपालमा पछिल्लो करिब दुई महिना यताकै सबैभन्दा कम कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा मात्र ५७० जना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा दुई हजार ५१५ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५७० जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ६० हजार ४०० पुगेको छ ।

हाल ४० ह्जार ६८१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा तीन हजार १६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केको जनाएको छ । हालसम्म एक लाख १८ हजार ८४३ सङ्क्रमित निको भएर घर फर्केका छन् । त्यसैगरी, पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *