मंगलबार बाँकेबाट ३८ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज हुँदैछन ।
कोरोना संक्रमण देखिएपछि बिभिन्न आईसोलेशन सेन्टरमा बस्दै आएका १४ महिला तथा २४ पुरुष गरी ३८ जनालाई आज डिस्चार्ज गर्न लागिएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
केन्द्रका अनुसार हालसम्म बाँकेका २९९६ जनामा संक्रमण पुष्टि भएकोमा आजका समेत गरी २६६० जना डिस्चार्ज भएका छन भने कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भईसकेको छ ।