बर्दियामा सशस्त्रको ‘बीओपी’ स्थापना

बर्दियाको दुई स्थानमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।राजापुर नगरपालिका-७ को शङ्करपुर तथा वडा नम्बर १० को झप्टीमा बीओपी स्थापना गरिएको हो ।

शङ्करपुरस्थित बीओपी भवनको राजापुर नगरपालिकाका नगर प्रमुख शिवप्रसाद चौधरीले तथा झप्टीस्थित भवनको गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले शिलान्यास गर्नु भयो ।

शिलान्यास कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक नरबहादुर रावत, इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी उपरीक्षक मिनबहादुर घले, सशस्त्र प्रहरी बल राजापुरका प्रहरी निरीक्षक खेमराज बोगटीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *