बाँकेका थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बाँकेको भेरी अस्पतालमा गरीएको कोरोना परिक्षणमा शनिबार १९ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा बाँकेका १७ र अन्य जिल्लाका २ जनामा कोरोना भाईरस संक्रमण देखिएको उल्लेख गरीएको छ । पछिल्लो २४ घन्टामा ७१ को नमुना परिक्षण गरीएको थियो ।

भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ७८४ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ४५४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *