आज देवी महागौरीको पूजा गरी मनाइँदै

नवरात्रिको आठौँ दिन, आज देवी महागौरीको पूजा गरी मनाइँदै छ। नवरात्रको नौ दिन नवदुर्गाका नौवटा स्वरूपको पूजा गरी मनाइने प्रचलन हिन्दु समाज तथा शाक्त मतावलम्बीमा छ। नवरात्रिभर देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

देवीको नामको शाब्दिक अर्थ हुन्छ, एकदमै गोरी। ब्रह्माको तपस्यापश्चात् गङ्गामा स्नान गरेर गोरी भएको धार्मिक कथा पाइन्छ।नवग्रहमध्ये महागौरीलाई राहुको अधिष्ठात्री मानिन्छ।

देवी महागौरी सेतो वृषको आसनमा विराजमान हुन्छिन्। उनको चार हातमध्ये दायाँमा त्रिशूल र अभय मुद्रा हुन्छ भने बायाँमा डमरु र वरद मुद्रा हुन्छ। कुनै–कुनै मूर्तिमा वरद मुद्राको सट्टा कमण्डलु देखाइने चलन पनि छ।

विशेषतः उनलाई सरसफाइ र स्वच्छताको देवी मानिन्छ। देवी महागौरीले सबै पापबाट मुक्त गर्ने धार्मिक विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *