बाँकेमा ३७ जना कोरोना मुक्त भई घर फिर्ता

बाँकेमा शुक्रवार ३७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका १७ पुरुष र २० महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् ।

यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या २ हजार ३ सय १५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो।

बाँकेमा विरामी निको हुने दर ७९ दशमलव ८० प्रतिशत रहेको छ । अब आइसोलेशनमा बाँकेका ५ सय ५७ र अन्य जिल्लाका १६ गरी ५ सय ७३ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय १ जनामा कोरोना पुष्टि भएको छ भने २९ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *