बाँकेमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल नेपालगन्जमा गरीएको कोरोना परिक्षणमा बिहिबार ६६ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालद्धारा जारी विवरण अनुसार पछिल्लो २४ घण्टामा गरीएको परिक्षणमा बाँकेका ४४ र अन्य जिल्लाका २२ जनामा कोरोना भाईरस संक्रमण देखिएको उल्लेख गरीएको छ । पछिल्लो २४ घन्टामा १९१ को नमुना परिक्षण गरीएको थियो ।

भेरीको प्रयोगशालामा हालसम्म ४५ हजार ६०९ जनाको नमुना परिक्षण गरीएकोमा ३ हजार ३९४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *