बडादशैँको छैठौँ दिन कात्यायनी माताको पूजा गरिदै

महान चाड बडादशैँको छैठौँ दिन आज कात्यायनी माताको पूजा । घर–घरमा कात्यायनी माताको पूजा गरी हर्षोल्लासका साथ मनाइँदै छ । आजका दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना गरिँदै छ । दशैँमा नौ दिनसम्म शक्तिपीठ तथा दशैँघरमा पूजा अर्चनासहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।

पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरी दशैँमा शक्ति पूजा गर्ने प्रचलन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *